उत्साहित हुँदै सुहाङले भने– इलामका जनताको भावना जित्छु

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले जनाएका छन् । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।
आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको निर्णयपछि रातोपाटीले गरेको टेलिफोन सम्पर्कमा सुहाङले भने, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्यो यसमा उत्साहित छु । उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छ ।’
उनले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिङ्गो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने पनि बताए ।
‘म सिङ्गो इलामका जनताको भावना समेट्नेगरी अघि बढ्ने प्रयास गर्छु’, उनले भने, ‘सवैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र सम्मृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु ।’
हाल काठमाडौँमा रहेका सुहाङ एकदुई दिनमा चुनावी क्षेत्रमा खटिने बताए ।
२०७९ को निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह
-
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता
-
‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’