उपत्यकामा दुई सय ४१ सवारी चालक कारबाहीमा
![उपत्यकामा दुई सय ४१ सवारी चालक कारबाहीमा](https://npcdn.ratopati.com/media/news/traffic-checking-(21)_hLrSGB3SZY.jpg)
काठमाडौँ । होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।
काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए ।
दुई पाङ्ग्रे २३३ र आठ वटा चार पाङ्ग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् ।
काठमाडौँमा वसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए ।
होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।
होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभाबी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता