ऐन महर फेरि बने एमाले केन्द्रीय सदस्य
आइतबार, ११ चैत २०८०, १५ : ३६

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो’, ज्ञवालीले भने, ‘पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता गर्नुभएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय पनि गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव