चार्ज गरिरहेको मोबाइल अचानक विस्फोट हुँदा चार बालबालिकाको मृत्यु
भारत । चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।
भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए ।
सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।
उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ । जोनीको अवस्था खतरामुक्त रहे पनि बबिताको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।
निहारिका, गोलु र कल्लु मोबाइलमा गेम खेलिरहेको समयमा विस्फोट भएको जोनीले बताएका छन् । चार्जमा जोडेर मोबाइलमा गेम खेलिरहेको अवस्थामा अचानक विस्फोट भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित