त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न सहसचिवको नेतृत्वमा समिति
आइतबार, ११ चैत २०८०, ११ : ५७

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।
डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनः काठमाडौँमा खस्यो ७६ प्रतिशत मत, चैत २५ पछि मतगणना
-
राहुलको शानदार ब्याटिङ, चेन्नईले पायो १ सय ८४ रनको लक्ष्य
-
भारतले दिएको कोटाको गहुँ आयात गर्न चासो देखाएनन् व्यवसायीले
-
कामपाको सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड
-
ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन
-
चिताभित्र सेलाएको लास