सरकारले सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउने
आइतबार, ११ चैत २०८०, १० : ४२

काठमाडौँ । सरकारले चैत १२ गते २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले चार प्रकारको ट्रेजरीमार्फत कूल २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब (नयाँ ट्रेजरी) छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।
२८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म