स्रोत नखुलेको रकमको कनेक्सन लागु पदार्थमा जोडियो

वीरगन्ज । भारतको विहार राज्यस्थित सिवानका महम्मद आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले स्रोत नखुलेको रकमसहित बीरगञ्जबाट शुक्रबार नियन्त्रणमा लियो ।
शंकास्पद रुपमा भातरबाट बीरगञ्जतर्फ प्रवेश गरिरहेका आलमलाई प्रहरीले जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको २ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भयो ।
उनलाइ बीरगञ्जको रजतजयन्ती चोकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बताए । आलममाथि थप अनुसन्धान गर्दै जाँदा उनको ‘कनेक्सन’ लागु औषध कारोबारीसँग रहेको रहस्य खुल्यो ।
यसरी फेला पर्यो चरेश
प्रहरीले आलमसँग बरामद पैसाको स्रोतबारे सोधखोज सुरु ग¥यो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा आलमले आफूसँग भएको पैसा होटलमा पु¥याउन आएको बयान दिए ।
त्यसपछि उनको बयान अनुसार प्रहरीको टोली नारायणी गेस्ट हाउसतर्फ ‘मूभ’ भयो । प्रहरीको टोली गेस्ट हाउसमा पुग्दा आलम पनि सँगै गएका थिए ।
प्रहरीले उक्त गेस्ट हाउसको छुट्टाछुट्टै कोठामा बसेका दुई जनालाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ राज र धादिङका सुरेश तामाङ थिए । तामाङ हामफालेर भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार तामाङ हामफाल्दा उनको खुट्टामा गम्भीर चोट लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेका तीनै जनामाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
चार जिल्ला पार गरेर चरेश आइपुगेको थियो बीरगञ्ज
प्रहरी नियन्त्रणमा रहेका तामाङले दिएको बयान अनुसार बरामद चरेश चार वटा जिल्ला पार गरेर बीरगञ्ज पुगेको देखिन्छ । उनले धादिङबाटै चरेश लिएर आएको बयान दिएका छन् ।
उनले ट्याक्सी रिजर्भ गरेर आएको प्रहरीलाई बयान दिएका छन् । गजुरीबाटै ट्याक्सी रिजर्भ गरेर त्यही गाडीमा चरेश लिएर आएको बयान तामाङले दिएको डीएसपी थापा बताउँछन् ।
तामाङको बयान अनुसार बरामद १२ किलो २ सय ग्राम चरेश धादिङ, चितवन, मकवानपुर र बारा जिल्ला पार गर्दै पर्सासम्म ल्याइएको थियो । यसले नेपालको सुरक्षा व्यवस्थालाई समेत चुनौती दिएको छ ।
तर प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डीआइजी भीम ढकाल सुरक्षा व्यवस्था कमजोर नभएको दाबी गर्दछन् । उनका अनुसार अहिले देशभरिका प्रहरीलाई कडाइका साथ निगरानी गर्न आदेश छ ।
‘तर त्यसका बाबजुद पनि यसरी लागु औषध ओसारपसार भइरहेको छ भने त्यो गम्भीर विषय हो, छानबिन हुन्छ,’ उनले भने ।
उनका अनुसार जनशक्ति अभावका कारण केही चेक प्वाइन्टमा कहिलेकाहीँ कमजोरी हुन जान्छ । तर यसको अर्थ नेपाल प्रहरी कमजोर भन्ने नरहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा