होली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गरेको छ : पूर्व प्रधानमन्त्री खनाल
आइतबार, ११ चैत २०८०, १० : ०२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असत्यमाथि सत्यको जित भएको अवसरमा मनाइने रङ्गीन होली पर्वले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्न सहयोग पुग्ने बताएका छन् ।
होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न तथा राष्ट्रिय एकता निर्माण एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
‘सामाजिक न्याय र समानता सहितको समुन्नत नेपाल निर्माण गर्ने र मुलुकलाई समाजवाद उन्मुख दिशातर्फ अग्रसर गराउन फागु पूर्णिमाले सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, खनालले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने