नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तर पार्टी निर्देशन) का रूपमा पठाउन पनि बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदै छ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् ।
इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ । बैठकमा ती नामहरूमाथि समेत छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो