मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए ।
उनले टोनी क्रसको पासमा गोल गर्दै सुरुमै जर्मनीलाई अग्रता दिलाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो । ४९ औँ मिनेटमा केइ हार्भाटेजले जमाल मुसेलाको पासमा गोल गर्दै जर्मनीलाई २–० गोलले अघि बढाए । त्यसपछि केलियन एम्बापेको टोलीले कमब्याक गर्न नसक्दा अन्ततः जर्मनी २–० गोल अन्तरले विजयी भयो ।
यस्तै, मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्याण्डलाई पराजित गरेको छ । इंग्ल्याण्डको बेम्बली रंगशालामा भएको खेलमा ब्राजिलले १–० को जित निकालेको हो । बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलले ८० औँ मिनेटमा गोलको खडेरी तोडेको थियो । ब्राजिलका एन्ड्रिक फिलिपेले गेको एकमात्र गोल नै निर्णायक बन्यो ।
अन्य खेलमा अर्जेन्टिाले एल साल्भाडोरलाई ३–० ले पराजित गर्दा पेरुले निकारागुवालाई २–० ले पराजित गरेको थियो । त्यसैगरी जाम्बिया र जिम्बाबेले २–२ गोलेको बराबरी खेल्दा केन्याले मलावीलार्य ४–० ले स्तब्ध बनायो । त्यस्तै, आइभरी कोस्टले बेनिनसँग २–२ गोलको बराबरी खेल्दा आयरल्याण्डले बेल्जियमसँग गोलरहित बराबरी खेल्यो ।
्अस्ट्रियाले स्लोभाकियालाई २–०ले पराजित गर्दा डेनमार्क र स्वीट्जरल्याण्डले गोलरहित बराबरी खेलेका थिए । ट्युनेसिया र क्रोएशियाले गोलरहित बराबरी खेल्दा रिपब्लिक डोमिनिकनले अरुबालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
ट्रम्पकी बुहारीले फिर्ता लिइन् सिनेटको सिटमा दाबी