यात्रुको चापलाई मध्यनजर गरी आवश्यक परे रेल थप्छौँ : उपप्रधानमन्त्री महासेठ
धनुषा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको सङ्ख्या बढाउने बताएका छन् । शनिबार जनकपुर—जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरूलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताएका हुन्।
उनले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै अब छिटो र छरितो रूपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाए । उनले रेल सेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरूको सम्बोधन गर्ने बताए ।
उनले भने, ‘भारत सरकारले, खास गरी भारत सरकारको माध्यमबाट निर्माण लिएका कम्पनीहरूसँग पनि कुरा गरेका छौँ । अरू सबै ठिक छन्, केही समस्या छन्, केही अतिक्रमण भएका छन् । त्यो अतिक्रमण हटाउनलाई हाम्रो नेपाल सरकारसँग करा गर्छौँ, नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नेछ । स्थानीय तहमा जयनगरतिरका कुरामा त सरकार सरकारबिच कुराकानी हुन्छ, रेल्वे विभागका जिएम लगायतको यसलाई हटाउन, पहल गर्नुपर्नेछ । त्यसमा मैले निर्देशन दिइसकेको छु । हाम्रा आन्तरिक कमी कमजोरी छन् भने त्यसलाई छलफलबाट समाधान गर्नेछौँ ।’
उनले थपे, ‘आम्दानी कम भयो, खर्च बढी भयो, त्यो स्वाभाविक छ । अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको हो । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ । सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार खास गरी भौतिक पूर्वाधार पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ । यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठुलो समस्या होइन । यो रेलको समय थपेर धेरै पटक आवतजावत हेरेर बढाउनेछौँ । रेल पनि थप्नेछौँ, यदि यात्रुको चाप बढी भयो भने । यात्रुको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ । सकभर यही आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध हुनेछ । मालवाहकको लागि प्रक्रिया अघि बढाइसकेको छ ।’ मन्त्री महासेठले शनिवार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवं निरीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित