भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति पदाधिकारीहरूको आपत्ति

काठमाडौँ । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विघटित आयोगका अध्यक्ष केशव निरौलाले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै निन्दा गरेका हुन् ।
उनले सुकुम्वासीहरूको समस्या समाधान हुन नदिने गरी सरकारले सो आयोग खारेज गरेको आरोप समेत लगाए । उनले संविधान बमोजिम बनेको सो आयोगलाई पूरा कार्यकाल काम गर्न नदिई सरकारले सुकुम्वासीहरूको नाममा राजनीति गरिरहेको जिकिर पनि गरे ।
उनले भने, ‘अब अस्तिको दिन नेपाल सरकारले आयोग खारेज गर् यो भन्ने सूचना प्राप्त भयो । बडो दुःख लागेको छ । आश्चर्यचकित लागेको छ । यहाँनिर मेरो अध्यक्ष पद रहने कि नरहने भन्ने विषय भन्दा पनि यो सुकुम्वासीहरूमाथिको राजनीति कहिलेसम्म हो ? हुन त सुकुम्वासीहरूको राजनीति नेपालका ३ वटै राजनीतिक दलहरूले गर्दछन् । सर्वहाराको नाममा संगठित हुनुपर्छ भनेर कम्युनिस्ट पार्टीमा जसरी संगठन गरिन्छ, हुन त त्यसैलाई आधार बनाएर कहिलेसम्म भजाउने हो ? फेरि त्यसै गरी भजाउनका लागि यो विघटन गरिएको हो । समस्या टुङ्गिहाल्यो भने त त्यो नारा कहाँ प्रयोग गर्ने ? नारा प्रयोग गर्ने ठाउँ पनि नभेटिएकाले भनेर होला । त्यसैले आज फेरि धोका भएको छ–सुकुम्वासीहरूलाई । आज धोका भएको छ अव्यवस्थित बसोवासीहरूलाई । फेरि यो समस्या टुङ्गिनेवाला छैन । त्यसैले सरकारको यो कार्यको, भूमि आयोग खारेजीको यो कार्यको, नेपाली जनताको यो समस्या समाधान नहुने भएका कारण म यसको घोर विरोध र भर्त्सना गर्दछु ।’
गत चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले तत्काल पुनर्गठन गर्ने गरी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय