एसईईका लागि ७७ हजारभन्दा बढी जनशक्ति परिचालन

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि ७७ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । चैत १५ गतेदेखि देशभर नै सञ्चालन हुन लागेको एसईईका लागि ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसईईका लागि प्रति केन्द्र १ जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै १५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ जना निरीक्षक खटाइएको पौडेलले बताए ।
त्यस्तै प्रति १०० विद्यार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ जना परीक्षा सहायक समेत खटाइनेछ । त्यस्तै प्रति ५० विद्यार्थी बराबर एक जना कार्यालय सहयोगी समेत खटाइनेछ । १० हजार ८१ जना कार्यालय सहयोगी खटाइने पौडेलले बताए ।
त्यस्तै प्रति केन्द्र १५ जनाका दरले ३० हजार ९६० जना सुरक्षाकर्मी परिचालन गरिनेछन् । यो वर्ष पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले एसईई दिदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
-
फिल्मबाट किन हराउन थाल्यो होली गीत ?
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
-
होलीमा रङ खेल्न कहिलेदेखि थालियो ?
-
इस्कोन गण्डकीले मालढुङ्गामा त्रिदिवसीय गौरगण्डकी उत्सव गर्दै