पोखरा महानगरको बहुरुपी चाल : मान्दैन अदालतको आदेश
कास्की । पोखरा महानगरपालिकाले पछिल्लो समय बहुरूपी चाल देखाएको पाइएको छ । स्थानीय सरकार ऐन भन्दा माथि रहेर काम गरेको तथ्यले बताएको छ । पोखरा पछिल्लो समय आफैँमा विवादित बनेको छ । कहिले घरमा हरियो रङ्ग लेपन गर्ने, कहिले बाँदर धपाउन जङ्गल फाँड्नुपर्ने लगायतका अभिव्यक्तिले महानगरको आलोचना भएको छ ।
गत फाल्गुन २९ गते उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई विपक्षी बनाई आदेश दिँदा पनि उच्च अदालतको आदेश अपहेलना गरेको छ । मुद्दा नं. ०८०-डब्ल्युओ—०१२० मा न्यायाधीश मिलनकुमार राईको इजलासमा विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको हो ।
केही व्यवसायीले निर्बाध रूपमा फेवातालको पाखो कटान गरिरहँदा महानगरपालिका मूकदर्शक छ । केही व्यवसायीलाई उच्च अदालत पोखराले दिएको आदेश समेत महानगरपालिकाले मानेको छैन ।
शुक्रबार डाँडा काटिरहेको अवस्थामा स्थानीयले विरोध गरेर महानगरपालिकालाई खबर गर्दा समेत पोखरा महानगरपालिकाले बेवास्ता गरेको स्थानीयहरू बताउँछन् । तर व्यवसायी युवराज खतिवडाका अनुसार निजी सहमतिमा माटो पुर्दा पोखरा महानगरपालिकाले सवारी साधन नियन्त्रणमा लिएको छ । सोही आसपासमा माटो पुर्दा अन्य व्यवसायीलाई केही नगरेको स्थानीयहरूले बताए ।
पोखरा महानगरपालिकाले फागुन २७ गते सरस्वती पहारीको निजी सम्पत्ति माटो पुर्दा १ ट्रिपर १ ट्याक्टर नियन्त्रणमा लिएको हो । जुन फाल्गुन २९ गते उच्च अदालत पोखराले नियन्त्रणमा लिइएको भए तत्काल निवेदकको जिम्मामा छाडी दिन र निवेदकको आफ्नो जग्गामा माटो भर्ने (पुर्ने) घेरावेरा पर्खाल लगाउन अवरोध नगर्नु/नगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।
अर्कोतर्फ पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले कानुनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । गल्ती गर्नेलाई कडा रूपमा कारबाही गरेको जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल संरक्षणका लागि सर्वोच्चले दिएको फैसला अक्षरशः कार्यान्वयन गर्ने बताएका र सर्वोच्चको फैसलाअनुसार ताल संरक्षणमा कुनै बाधा अवरोध नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडोयाममा बढ्यो कन्डमको खपत
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै तीन जिल्लाका स्थानीय तह
-
पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन् : सभामुख घिमिरे
-
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
-
दुग्ध बिक्रीबाट मासिक रु ९० हजार बचत
-
परिवारमा बढ्दो दूरी : कसरी समाधान गर्ने ?