मकवानपुरमा ज्वरोका बिरामी बढे

मकवानपुर । थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थाहा नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेका जानकारी दिए । ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।
जिल्लाभित्र डेङ्गुको सङ्क्रमण र भाइरल ज्वरो लगायत सङ्क्रमणलाई नियन्त्रण गर्न आवश्यक जनशक्ति सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्कवादीबाट मारिएका सुदीप : स्थानीय भन्छन्, ‘एउटा समाजसेवी युवा गुमायौँ’
-
शिक्षक आन्दोलन: विरोध भएसँगै बानेश्वर–माइतीघर सडक खण्डको एक लेन खुला
-
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने
-
वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र
-
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
-
माओवादी र प्रचण्डका विरुद्ध केही अराजक शक्ति लागेका छन् : अध्यक्ष शेर्पाली