साम्राज्ञीदेखि स्वस्तिमासम्म, को –कहाँ खेल्दै छन् होली ?

काठमाडौँ । होली अर्थात फागु रङ्गहरूको पर्व हो । होली आइतबार काठमाडौँ उपत्यकालगायत देशभरका पहाडी जिल्लाहरूमा धूमधामकासाथ मनाइँदै छ । वसन्त ऋतुलाई स्वागत गर्दै मनाइने होली अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ । जसमा नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु सहभागी हुनेछन् ।
अभिनेत्री प्रियङ्का कार्की होली मनाउन लैनचौरस्थित होटेल मल्लको खुला चौरमा आयोजना हुने कलर स्प्लास कार्यक्रममा सहभागी हुँदै छिन् । मल्ल होटेलपछि उनी गोदावरी भिलेज रिसाेर्टमा आयोजना हुने होली कार्यक्रममा सहभागी जनाउँछिन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् ।
मिस नेपाल माल्भिका सुब्बा पनि होटल मल्लमा आयोजना हुने कलर स्प्लास नामक होली विशेष कार्यक्रममा सहभागी हुनेछिन् । उनले उक्त कार्यक्रममा आफू सहभागी हुने जानकारी सामाजिक सञ्जालबाट दिँदै सहभागीका लागि सबैलाई आह्वान गरेकी छन् ।
त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का भने कुपण्डोलस्थित होटल हिमालयनमा आयोजना हुने होली विशेष कार्यक्रममा सहभागी हुनेछिन् । कलर रस नामको होली विशेष कार्यक्रममा रमाइलो बनाउन उनले सामाजिक सञ्जालबाट आग्रह गरेकी छिन् ।
अभिनेत्री पूजा शर्माले आफ्नै झम्सिखेलस्थित रेस्टुराँ ट्यागमा होली कार्यक्रम राखेकी छन् । पूजाले भिन्दा–भिन्दै तरिकाले ट्यागमा होली कार्यक्रम आयोजना हुने सामाजिक सञ्जालमा जनाएकी छन् ।
अभिनेत्रीद्वय बेनिशा हमाल तथा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि मल्ल होटलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । जसको जानकारी उनीहरुले सामाजिक सञ्जालमा मार्फत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?