विश्वका अन्य देशमा पनि मनाइन्छ होलीजस्तै रङ्गीन पर्व
काठमाडौँ । नेपाली समुदायमा होली पर्वको विशेष महत्त्व छ । विशेष गरी हिन्दुहरूको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्त्व रहेको पाइन्छ । नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ । राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रङ्गहरूको चाड हो ।
फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्नजाति,समुदाय र क्षेत्रका आधारमा फरक फरक तरिकाले होलीमा रमाउने चलन छ । काठमाडौँ उपत्यकामा बसन्तपुर दरबार परिसरमा चीर अर्थात्लिङ्गो गाडेपछि सुरु हुने होलीअन्तर्राष्ट्रिय पर्वका रूपमा पनि मान्ने गरिन्छ । विश्वका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरुले होलीलाई उत्साहका साथ मनाउने गर्छन् ।
नेपालमा विभिन्न किसिमले होली मनाइए पनि होलीजस्तै पर्व विश्वका अन्य देशहरूमा पनि मनाउने प्रचलन छ । हिन्दुहरूले मनाउने होली र विदेशका विभिन्न राष्ट्रमा मनाउने यस्तै प्रकृतिको पर्वको उद्देश्य एक आपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने नै हो । साथै खुसीयाली साट्ने देखि असत्यमाथि सत्यको विजय भएको अवसरका रूपमा मनाउने चलन विश्वभर छ ।
भारतमा ‘फगुवा’
छिमेकी देश भारत पनि हिन्दु बहुल देश भएकाले नेपालकै जस्तो रौनक त्यहाँ पनि हुने गर्छ । भारतमा होलीको विशेष महत्त्व रहेको पाइन्छ । ‘फगुवा’अर्थात् ‘होली रे’ भन्दै भारतका सबै प्राप्तमा यस पर्वको रौनकता ब्यापक हुने गर्छ । भारतमा यस दिनलाई राष्ट्रिय पर्वको रुपमालिने गरिन्छ । घरपरिवार, आफन्त, साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने गरिन्छ । फगुवा खेल्दै उल्लास, उत्साह र उमंगका साथ मनाउँदै यसलाई रंगीन बनाउने प्रचलन छ । बंगलादेशमा पनि हिन्दुहरूले होलीलाई विशेष पर्वका रूपमा मनाउने गर्छन् । उता श्रीलङ्कामा फागु पर्वका बेला अग्नीकाे विशेष पूजा गर्ने चलन छ ।
चीनमा ‘पोयावामा’
चीनको ‘पोयावामा’पर्व होलीसँग केही मेल खान जान्छ । चीनकाताई जातीकामानिसहरुले पानी छ्यापेर यस पर्वलाई उल्लासका साथमनाउने गर्छन् । परापूर्वकालमा ‘छुडबिंङ’ नामक राक्षसले जोकोही सुन्दरी केटीलाई लिएर जाने र दुःखदिने गरेकाले पछि सुन्दरी केटीले नै मारेपछि सोही दिनलाई पर्वका रूपमा मनाउने थालिएको किंवदन्ती छ । चीनमै ‘ज्वेजे’नामक पर्व पनि मनाइन्छ । यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ । यस पर्वमा मानिसहरुले विभिन्न रङ्गका कपडा लगाउने र आगो बालेर पूजा गर्ने गर्छन् । यस अवसरमा विभिन्न खेल प्रतियोगिताहरू गराइने साथै शुभकामना आदान प्रदान गर्ने चलन छ ।
जर्मनीमा ‘कारनिवाल’
जर्मनीमा विभिन्न पर्वहरुमध्ये होली जस्तै यो पर्वहरू पनि राष्ट्रिय पर्वकै रुपमा मान्ने चलन छ । बर्षेनि मनाइने इस्टर पर्वको समयमा ‘कारनिवाल’ को विशेष रौनक हुन्छ । साँझको समयमा स्थानीय बासीले घाँसको पुतलाबनाएर जलाउँछन् । जलाइसकेपछि एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् र एकअर्कालाई रंग दलेर खुसीयाली साट्ने गर्छन् । रंग एकै किसिमको भने हुँदैन । विभिन्न स्थानमा दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने प्रचलन रहि आएको छ ।
थाइल्याण्डमा ‘साङफ्रान’
थाइल्याण्डमा बौद्ध धर्मावलम्वीहरुको धेरै बसोबास रहेको छ । थाइबासीका पनि अनेकन पर्वहरू छन्, जसमध्ये साङफ्रानहोलीसँग लभभग मेल खान्छ । किनकी यो पर्व अप्रिलमहिनाअर्थात् वैशाखमा मनाइन्छ । उनीहरू सुगन्धित पानी र रंग खेलेर यस पर्वलाई मनाउने गर्छन् । होली नेपालीले घर, सार्वजनिक स्थलहरुमा मनाइए जस्तै थाइबासीले यो पर्व विशेष गरी मठमन्दिर वागुम्बामागएर मनाउने गर्छन् । त्यहाँउनीहरुले बुद्धको पूजाअर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् । साथै भने बुढापाकाबाट आर्सीवाद लिने गर्छन् ।
यूनानमा ‘मेपोल’
यूनानी समुदायले बर्षेनी विभिन्न पर्वहरु मनाउँछन् तर ‘मेपोल’नामक पर्व होलीसँग लगभग मिल्दोजुल्दो रहेको पाइन्छ । चोक चोकमालिङ्गो गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । आगो लगाइसकेपछि युनानीहरु रंगको ब्यापक प्रयोग गर्ने गर्छन् । उनीहरू रंग दल्ने भन्दा पनि उडाएर खुसीयाली मनाउने गर्छन् ।आगो बालेर रंग उडाउँदा देवताप्रशन्नहुने विश्वास गर्छन् ।
स्लोभाकियामा ‘बेलियाकोनेन्से’
स्लोभाकिया गणराज्यमा ‘बेलियाकोनेन्से’ नामकपर्व होलीसँग ठ्याक्कै मिल्दोजुल्दो छ । विश्वभर भ्यालेन्टाइन पर्वले स्थानजमाए जस्तै यहाँकायुवायुवतीहरू माझ ‘बेलियाकोनेन्से’ ले स्थान पाएको छ । युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गर्छन् । एक आपसमा प्रेमभाव व्यक्त गर्न पनि यो पर्व बढी लोकप्रिय छ । त्यसबाहेक हरियो घाँसबाट बनाइएको विशेष प्रकारको लुगा लगाएर नाच्ने र रमाउने प्रचलन छ । यही पर्व चेक गणराज्यमा पनि उस्तै चर्चित छ ।
पोल्याण्डमा ‘असिना’
पोल्याण्डमा धेरैजसो क्रिश्चियनहरुको बाहुल्यता छ । यसभित्र पनि कतिपय जातजातीवा समुदायहरूका आफ्नै परम्परा र पर्वहरू रही आएका छन् । त्यसमध्ये ‘असिना’नामक पर्व हिन्दुहरूको जस्तै गरी मनाइने गरिन्छ । मानिसहरू एक आपसमा रंग दलेर खुसी साट्ने गर्छन् । यस पर्वका अवसरमा विभिन्न परिकारहरू भन्दा पनि मिठाइ बाँढ्ने गरिन्छ । उतालाओस नामक देशमा अङ्ग्रेजी नयाँ वर्षको सुरुवातमा होलीजस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा उल्लासका साथ रंग दल्ने गरिन्छ ।
इंगल्याण्डमा ‘माई फाक्स डे’
यहाँको यो पर्व नेपालकमा जस्तै रङ्गहरूको प्रयोग गर्ने र उल्लासका साथ ‘माई फाक्स डे’ पर्व मनइने गरिन्छ । यो पर्व त्यहाँ युवाहरुमाझ बढी लोकप्रिय छ । यस पर्वका अवसरमा शुभकामना आदानप्रदान साथै आर्शिबाद लिने प्रचलन छ । उता अस्ट्रेलियामा २१ मार्चमा मनाइने ‘वैली’नामकपर्व पनि होलीसँग मेल खान्छ । यस दिन रङ्गहरूको प्रयोग गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गरी पर्वलाई उल्लासमय बनाइने गरिन्छ ।
अमेरिकामा ‘हलोइन’
होलीसँगमिल्दो पर्व हो हलोइन । यो अमेरिकामा प्रख्यात छ । प्रत्येक वर्षको अक्टोबर ३१ का दिन मनाइने यो पर्वमा पनि रङ्गहरूको व्यापक प्रयोग हुन्छ । खासगरी नेपालको गाई जात्रासँग मेल खाने यो पर्वमा भूतको पहिरनमा शहर परिक्रममा गर्ने गरिन्छ । यस अवसरमा भूत र सैतानका रूपमा हाँसिमजाग गर्ने साथै विभिन्न तरिकालो रमाइलो गर्ने प्रचलन छ । अनुहारमा रङ्गहरूले पोतेर मनाइने भएकाले यो पर्व रंगिन बन्नगएको हो । यस अवसरमा घर घरमा गएर चक्लेट र क्यान्डी माग्ने गरिन्छ ।
स्पेनमा ‘लाटोमाटिना’ र ‘ब्याटल डेल भिनो’
स्पेन चमत्कारपूर्ण खेल र पर्वले प्रख्यात देश हो । यहाँ नेपालको होली जस्तै जुन महिनाको २९ तारिखमा एक अर्कालाई वाइन छ्यापेर ‘ब्याटल डेल भिनो’ अर्थात ‘वाइन’ फेस्टिभल मनाउने चलन छ । त्यस्तै स्पेनको भ्यालेन्सियामा पाकेको टमाटर फुटाई एक अर्कालाई प्रहार गरि ‘ला टोमाटिना’ मनाउने गरिन्छ । यो पर्व अगस्टको अन्तिम बुधबार पर्ने गर्छ । बिहानैदेखि पटका पड्काउँदै दिनभर उत्साहपूर्वक यो पर्व मनाउने गरिन्छ । अस्ट्रेलियामा पनि यो पर्व मनाउने चलन छ ।
दक्षिण कोरियामा ‘बोरेयोङ मड’
यो पर्व करिब दुइ हप्तासम्म लगातार मनाउने गरिन्छ । तर यस पर्वका अवसरमा पानी र रंग नभई हिलो छ्यापेर मनाउने चलन छ । विशेष गरी दक्षिण कोरियाको बोरेयोङ क्षेत्रमामनाइने यो पर्व जुलाई महिनामा पर्छ । बोरेयोङ क्षेत्र कस्मेटिङ सामाग्री उत्पादन हुने किसिमको माटो पाउने भएकाले यहींको माटो प्रयोग गरी एक आपसमा हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ