कोहलीको कमाल : टी–२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय बने
शनिबार, १० चैत २०८०, ११ : ५५

बैंग्लोर । रोयल च्यालेन्जर्स बैंग्लुरुका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।
यससँगै कोहली क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिकजस्ता खेलाडीको क्लबमा सामेल भएका छन् । क्रिस गेलले टी–२० मा सर्वाधिक १४हजार ५६२ रन बनाएका छन् । जहाँ पाकिस्तानका शोएब मलिक १३ हजार ३६० रनको साथ दोस्रो स्थानमा छन् ।
वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् ।
ब्रेक लिएपछि विराट कोहली आईपीएलमा फर्किएका छन् । आईपीएलअघि उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिज खेलेका थिएनन्।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर