कविता
रक्तिमगुराँस
शनिबार, १० चैत २०८०, ०७ : २४

तिम्रा गुराँसमा
वीरहरूले रगत
नपोखेका भए
राता हुँदैनथ्यो
सायद: तवत्
तिमिले लालीगुराँस
भन्न पाएका छौ।।
तिम्रा दृष्टिमा
राता गुराँसहरू
सौन्दर्य देख्छौ
म वीरहरूको
खुन देख्छु
त्यसमा त्यसैले त
सुन्दर देख्यौ तिमिले
शिरमा सजायौ
बलिदान देखेँ
मैले मनमा सजाए,
तिमिले रातो देख्यौ
तिम्रो लालीगुराँस
मैले रगत देखेँ
मेरो रक्तिमगुराँस।।।