विराटनगरमा दुर्गा प्रसाईँलाई व्यङ्ग्य गर्दै होली कार्यक्रम
_tdUZihIiPe.jpg)
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई व्यङ्ग्य गर्दै विराटनगरमा होली कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार मारवाडी युवा मञ्च विराटनगरले होलीको पूर्वसन्ध्यामा निकालेको ‘होली अलबेली बरात, स्वांग फेसन शो महा–मेलो’ मा दुर्गा प्रसाईँको अभियानलाई व्यङ्ग्य गरिएको हो ।
प्रदर्शनमा प्रसाईँका सेक्युरिटी गार्डकै नक्कल गरी दुई बडिगार्ड राखिएको छ । गार्डको नाम ‘हावा गार्ड’ राखिएको छ । उनीहरूलाई नक्कली हतियारसमेत बोकाइएको छ ।
प्रसाईँले मारवाडी समुदायमाथि विभिन्न लाञ्छना लगाउने र बदनाम गर्ने काम गरेका कारण उनको विरोधमा व्यङ्ग्यात्मक कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
विराटनगरस्थित ट्राफिक चोकबाट निकालिएको ‘होली अलबेली बरात’ मेनरोड हुँदै गोल्छा चोक, पण्डित मेघराज मार्ग, दाजुको चिया अतिथि सदनको पछाडि गेटबाट प्रवेश भएको छ । सोही अवसरमा स्वांग फेसन शो तथा महामेला भएको मारवाडी युवा मञ्च विराटनगरका अंकित मारुले जानकारी दिए ।
उनका अनुसार स्वांग फेसन शोमा जोकर, विभिन्न जनावरका आकृति भएका पहिरन, मनोरञ्जनका लागि विभिन्न पहिरन लगाएका छन् । कार्यक्रममा विराटनगरका मारवाडी समुदायको बाक्लो उपस्थिति छ ।
यस वर्षको होली चैत ११ गते पहाडमा र १२ गते तराईमा मनाइने छ । होलीको पूर्वसन्ध्यामा मारवाडी समुदायले एक हप्ता अगाडिदेखि नै विभिन्न कार्यक्रम गरिरहेका छन् ।
हेरौँ तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक