ज्येष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन
शुक्रबार, ०९ चैत २०८०, १८ : ३५

काठमाडौँ । ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । शुक्रबार भवनको सहरी विकास मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् ।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत उक्त भवन बनेको हो ।
उद्घाटन समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो । २०७२ सालको भूकम्पले क्षति पुर्याएको ज्येष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३.७८ करोड भारु अनुदान सहयोगमा पुनर्निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...