खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुने धारणा राखेका हुन् । उनले पछिल्ला ३० वर्षयता खेलाडी केन्द्रित काम हुन नसकेको उल्लेख गर्दै व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले खेल नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको सार्वजनिक गरे ।
अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप काम गर्नसके ओलम्पिकको कमिटीको जिम्मेवारी धेरै रहेको मन्त्री श्रेष्ठको भनाइ छ । ओलम्पिक कमिटीले खेलमार्पmत कूटनीति विकासमा काम गर्नुपर्ने औँल्याउँदै मन्त्री श्रेष्ठले नेपालको खेलजगत, खेलाडी र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्नुपर्ने धारणा राखे । साथै उनले नेपालको प्रचलित कानूनलाई पनि सम्मान गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले खेलकुदमार्पmत युवाहरूको नैरस्यता कम गर्न काम गर्नुपर्ने धारणा राखे ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठले बधाई तथा स्वागत ग्रहण गर्ने काम कम गर्दै लैजानुपर्ने आग्रह गर्दै अस्थिरताका कारण खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन सफल नभएको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी