अबको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग गठन हुने

काठमाडौँ । मन्त्रिपरिषद्को आगामी बैठकबाट फेरि भूमि आयोग गठन हुने भएको छ । नियमावलीमा भएको व्यवस्थाअनुसार सिधै आयोग पुनर्गठन गर्न नमिल्ने भएकाले बिहीबारको मन्त्रिपरिषद् बैठकले आयोग विघटन गरेको सरकारको भनाइ छ ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित शुक्रबारको पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नियमावलीमा भएको व्यवस्थाअनुसार सम्भवतः अर्को बैठकबाट भूमि आयोग फेरि गठन हुने बताइन् ।
उनले भनिन्, ‘नियमावलीमा भएको व्यवस्थाअनुसार यो सिधै पुनर्गठन गर्ने टाइपको हुँदो रहेनछ । त्यसकारणले गर्दा भूमि आयोग फेरि तुरुन्तै गठन हुन्छ । सम्भवतः अर्को क्याबिनेट बैठकबाट गठन हुन्छ ।’
उनले भूमि आयोगलाई सदाका लागि विघटन गरिएको स्थिति नभएको स्पष्ट पारिन् । सुकुम्बासी समस्या समाधान गर्ने काम निरन्तर हुने उनले स्पष्ट गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म