काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुन्छन् : मन्त्री बुढा

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाका अधिकांश सम्पदाहरूको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् ।
शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।
मन्त्री बुढाले काठमाडौँ उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराए । उनले नेपालको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंसा गरे ।
मन्त्री बुढाले भने, ‘काठमाडौँ उपत्यकाका ३ वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये ३ वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तरण गरिसकिएको छ भने अन्य बाँकी सम्पदाहरूको अधिकांश चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति सहरी विकास मन्त्रालय र स्वयं मेरो तर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु ।’
मन्त्री बुढाले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पारे । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याट बाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला
-
पुलिसलाई हराउँदै फाइनल पुग्यो चर्च ब्याइज, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने
-
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण