आईपीएल क्रिकेट : राजस्थानले एडम जाम्पाको स्थानमा तनुशलाई मौका दियो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण शुक्रबार सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि गुजरात टाइटन्स र राजस्थान रोयल्सले टोलीमा सामान्य परिवर्तन गरेका छन् ।
गुजरात टाइटन्सका खेलाडी रोविन मिन्ज दूर्घटनामा परेर आईपीएलबाट बाहिरिएका छन् । उनको स्थानमा गुजरातले बीआर शरतलाई टोलीमा समावेश गरिएको छ ।
रोविन मिन्ज आदीवासी समुदायबाट आएर विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आईपीएल खेल्ने तयारीमा थिए । तर, दूर्घटनामा परेका कारण उनको त्यो सपना पुरा हुन सकेन ।
२१ वर्षीय रोविन मिन्जलाई गुजरातले अक्सनमा तीन करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा उनको न्युनतम मूल्य २० लाख रुपैयाँ तोकिएको थियो ।
यसैगरी राजस्थान रोयल्सका प्रभावशाली खेलाडी एडम जाम्पा पनि आईपीएलबाट बाहिरिएका छन् । उनको स्थानमा राजस्थानले तनुश कोटियनलाई टोलीमा समावेश गरेको छ ।
अस्ट्रेलियन खेलाडी जाम्पाले आईपीएलबाट बाहिरिएपछि आफ्नो सम्पूर्ण ध्यान आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा केन्द्रित गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण