सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

डिपफेकको  सिकार भइन् इटालीकी प्रधानमन्त्री मेलोनी

शुक्रबार, ०९ चैत २०८०, १४ : २५
शुक्रबार, ०९ चैत २०८०

रोम । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी डिपफेकको सिकार भएकी छन् । डिपफेक पोर्न भिडियो बनाएर अनलाइनमा पोस्ट गरेका आरोपीसँग उनले एक लाख युरो क्षतिपूर्ति माग गरेकी छन् ।

दुई व्यक्तिले मेलोनीको अनुहार वयस्क फिल्म स्टारको अनुहारमा हालेर अमेरिकी पोर्न वेबसाइटमा अपलोड गरेको दाबी गरिएको छ । आरोपी बाबु र छोरा भएको बताइएको छ । छोराको उमेर ४० वर्ष र बाबुको उमेर ७३ वर्ष रहेको छ ।

उनीहरुले मेलोनीको अश्लील भिडियो बनाएको बताइएको छ । मेलोनीले दुवै आरोपी विरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् ।

दुवै आरोपीलाई पक्राउ गरिएको छ । सो भिडियो सन् २०२२ मा मेलोनी इटलीको प्रधानमन्त्री बन्नु अघिको हो ।

उक्त भिडियो अहिलेसम्म लाखौं पटक हेरिएको छ । यो मामिलामा मेलोनीले जुलाई २ मा सासरी अदालतमा बयान दिने बताइएको छ ।

क्षतिपूर्तिको रकम मेलोनीले दान गर्ने

क्षतिपूर्तिको माग गर्नु प्रतिकात्मक कारबाही भएको प्रधानमन्त्री मेलोनीको कानूनी टोलीले बताएको छ । मेलोनीले क्षतिपूर्तिको सम्पूर्ण रकम हिंसा पीडित महिलाहरूको सहयोगमा दान गर्ने बताइएको छ ।

क्षतिपूर्तिको माग हिंसाको सिकार भएका अन्य महिलालाई पनि सन्देश भएको मेलोनीका वकिल मारिया जिउलिया मारोन्ग्युको भनाइ छ । हिंसाको सिकार भएका महिलाले आवाज उठाउन डराउन नहुने मेलोनीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप