‘बलिदान’मा अभिनेता विराजका छोरा समिर
शुक्रबार, ०९ चैत २०८०, १३ : ०२

काठमाडौँ । निर्माता सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्म ‘बलिदान’मा समीर भट्ट अभिनेताको रूपमा देखिने भएका छन् । समिर अभिनेता विराज भट्टका छोरा हुन् । विराजले समिरलाई लिएर केही अघि फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका थिए ।
सेनको फिल्म कम्पनी आसुसेन फिल्मस्ले समिरको फोटो राख्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक समेत गरेको छ । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका थिए । ‘बलिदान’को लागि एक हिरोको खोजीमा थियौ । समिरमा त्यो क्षमता देखेर छानेको निर्माता निर्देशक सेनले बताए ।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपरमा बन्ने यो फिल्म सेन आफैले निर्देशन गर्न लागेका हुन् । सन्तोष सेनको प्रस्तुति रहने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास