प्रदेश सभापति बानियाँले मनोनीत गरे ९ विभाग प्रमुख

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीका ९ वटा विभाग गठन गरेका छन् । सभापति बानियाँले शुक्रबार प्रदेश कार्यसमितिका सदस्य प्रमुख रहने गरी ९ वटा विभाग गठन गरेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बताए ।
उनका अनुसार सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा प्रदीप कोइराला, शुभेच्छुक संस्था समन्वय विभागमा उज्जवलराज घिमिरे, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा सुमनराज कार्की, जल ऊर्जा तथा प्राकृतिक श्रोत विभागमा गीता सिम्खडा, शाति सुरक्षा तथा प्रशासन विभागमा रामेश्वरसिंह ओली प्रमुख बनेका छन् ।
यस्तै द्वन्द्व व्यवस्थापन विभागमा राजेश महर्जन, अन्य पार्टी सम्पर्क विभागमा धर्मराज अर्याल, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विक्रम लामा र कृषि तथा भूमिसुधार विभाग प्रमुखमा कुमार दुलाल मनोनीत भएका छन् ।
यस्तै सभापति बानियाँले प्रदेशको वैदेशिक रोजगार समन्वय विभागमा २३ जना सदस्य मनोनीत गरेका छन् । सदस्यमा मनोनीत हुनेहरूमा टिका शिवाकोटी, हेमन्त फुयाँल, नरेन्द्र डंगोल, बद्रिराम मानन्धर, टिकाराम खरेल, समीर सुनुवार, सुवास रानाभाट, तुलाराज थापा, ध्रुव अधिकारी, विकाश धिताल, रामलाल नेपाल र नविन लामा रहेका छन् ।
यस्तै पुष्कर पौडेल, संगम थापा, अर्जुन ढकाल, मिनाप्रसाद दुलाल, प्रदिप खडका, सुरेश गोतामे, रामध्वज लामा, उपेन्द्र तामाङ, मिना पाठक, शिवहरि विष्ट र पुष्पाकुमारी पौडेललाई सदस्यमा मनोनीत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ