मैलुङ खोला जलविद्युत कम्पनीले ८१ लाख ७६ हजार बराबरको बोनस सेयर वितरण गर्ने
शुक्रबार, ०९ चैत २०८०, १२ : ०१
काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २.२२११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष वसन्त चन्द्र मरहट्ठाको अध्यक्षमा चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले कूल चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँको २.२२११ प्रतिशत अर्थात् ८१ लाख ७६ हजार ८२४ रुपैयाँ १७ पैसा बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीको हालको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कम्पनीको बोनस सेयर वितरणबाट हालको जारी तथा चुक्ता पुँजी वृद्धि गरी ३७ करोड ६३ लाख १९ हजार ८२४ रुपैयाँ १७ पैसा पुर्याउने निर्णय समेत सञ्चालक समितिले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
-
विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा
-
युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
-
विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस
-
व्यवसायी लामालाई आक्रमण गर्ने पाँचौँ आरोपी पक्राउ
-
अख्तियारलाई हर्क सापाङले फर्काए पत्र, यस्तो छ जवाफ