देशले ऊर्जा क्षेत्रमा फड्को मारेको छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरे ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले देश खत्तम भयो,विकास नै भएन र नेपालमा केही पनि सम्भावना छैन भन्ने युवा मानसिकतालाई चिर्नुपर्ने बताए । व्यवस्था परिवर्तनसँगै गणतन्त्र स्थापना पछि सकारात्मक परिवर्तनहरू भइरहेको बताएका उनले ऊर्जा क्षेत्रमा पछिल्लो समय राम्रो प्रगति भएको उल्लेख गरे ।
१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन गरेको र नेपालमा सकारात्मक रूपमा विकास भइरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट ऊर्जा उत्पादन हुने दाबी गरे ।
बस्नेतले भने, ‘अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भएको छ । अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावट विद्युत् पुर्याउँदै छौँ । त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत् उत्पादन भैसकेको छ ।’
नेपालमा ऊर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै ऊर्जा उत्पादन भएको धारणा राखेका मन्त्री बस्नेतले उल्लेखित ऊर्जा उत्पादनको तथ्यले पनि देश बर्बादितिर भन्दा निर्माणतिर गैरहेको प्रष्ट हुने बताए । उनले आगामी १२ वर्षमा २८ हजार विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने जिकिर गरे ।
‘हामी २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेर अगाडि बढेका छौँ आगामी १२ वर्ष भित्रमा त्यो लक्ष्य हासिल हुन्छ ’ मन्त्री बस्नेतले भने । प्रत्येक १ हजार मेगावाट विद्युत् देशमा उत्पादन हुँदा त्यहाँ ३० हजार नागरिकलाई रोजगारी सिर्जना हुने भनाई उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का