समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास, ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्ड र नेपाललाई
![समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास, ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्ड र नेपाललाई](https://npcdn.ratopati.com/media/news/samajbadi-morcha_MCrGrpLslH.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ । सत्ता गठबन्धनमा एमालेको इन्ट्री भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको संयोजक नेत्रविक्रम चन्द विप्लवले रातोपाटीलाई जानकारी दिए ।
अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ ।
‘यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा आज छलफल भयो । यसैगरी समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा एमालेसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ । एमालेसमेत बसेर अन्तर्क्रिया कार्यक्रम टुङ्ग्याउने गरी बैठक स्थगित भयो ’, उनले भने ।
यसअघि बसेको मोर्चाको बैठकले चैत तीन गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । तर यसबिचमा सत्ता समीकरण बदलिएपछि सो कार्यक्रम स्थगित भएको थियो ।
यसैबिच बिहीबार मात्रै एमालेलाई मोर्चामा ल्याउने विषयमा संयोजक विप्लवले ओलीसँग २ घण्टा लामो कुराकानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण