विश्वकप छनोटमा नेपालविरुद्ध बहराइनको फराकिलो जित
शुक्रबार, ०९ चैत २०८०, ०६ : ४२

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । गएराति बहराइनको बहराइन राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो ।
बहराइनको टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।
यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ ।
विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केवल दुई टेस्ट खेलका १९ वर्षीय ब्याट्सम्यान क्रिकेट अस्ट्रेलियाको केन्द्रीय सम्झौतामा
-
निसानले नयाँ सेभेन-सिटर बि-एमपिभि सार्वजनिक गर्ने
-
माग्ने बुढाको कटाक्ष : पहिले पञ्चायत विरोधी गीत अहिले गणतन्त्र विरोधी भयो
-
पार्टी एकताको प्रयास जारी राख्ने नेकपा निर्णय
-
सभामुख घिमिरे र रास्वपा सभापति लामिछानेबिचको छलफल जारी
-
इजरायली सेनाले १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्यो : यूएन