बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बिमा कम्पनी स्थापना

बिहीबार, ०८ चैत २०८०, २१ : ०१
बिहीबार, ०८ चैत २०८०

बुटवल । रुपन्देहीमा मुख्य कार्यालय रहेर बिमा कम्पनी स्थापना भएको छ। माइक्रो इस्योरेन्स कम्पनीले रुपन्देहीको तिलोत्तमा आफ्नो केन्द्रीय कार्यालय रहने गरी स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी माइक्रो इस्योरेन्सको शुभारम्भ हुन लागेको जानकारी दिए।  उनले चैत ९ गतेबाट इन्स्योरेन्सको औपचारिक शुभारम्भ गर्ने बताए ।

बुटवलका ७१  जना  सञ्चालकहरूको ७५ करोड लागतमा माइक्रो इन्स्योरेन्स शुभारम्भ हुन लागेको हो । तिलोत्तमा २ जानकी नगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौँ रहेको छ । कम्पनीले देशभर १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडी बढाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । 

सर्वसाधारणलाई भइपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथ कम्पनी सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप