बेमौसमी वर्षाले ४ करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट

रौतहट । बेमौसमी वर्षाका कारण रौतहटका इँटा भट्टामा पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएको छ । बुधबार बिहानैदेखि परेको पानीले काँचो इँटा गलेर रौतहटका इँटा उत्पादकलाई ४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको इँटा उत्पादक सङ्घले जनाएको छ ।
इँटा उत्पादक व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाविनोद साहले पोल्न तयार पारिएको इँटा गल्दा ठुलो क्षति भएको बताए । रौतहट जिल्लाभरि यस आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका ४८ वटा इँटा भट्टा सञ्चालनमा छन् ।
बेमौसमी वर्षाले इँटा उत्पादकलाई घाटा भए पनि किसानलाई भने राहत दिएको छ । वर्षाले गहुँ, मकै, उखु, मुसुरो, तरकारी बालीका साथै आँप, लिच्ची जस्ता फलका लागि पनि फाइदा भएको किसानको भनाइ छ । उखेलेर राखेको मुसुरो, तोरीमा केही क्षति भए पनि अन्य बालीलाई भने वर्षाले फाइदा नै भएको किसानहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश