काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला जलाएको छ । नेविसंघले बिहीबार शंकरदेव क्याम्पस अगाडि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुससहित पुत्ला जलाएको हो ।
सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ ।
प्रतिक्रिया