काठमाडौँ । व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्निशामक यन्त्रको प्रयोगबारे सचेतना गरिएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिहीबार कोटेश्वरको हिमालय कलेजमा सो कार्यक्रम गरिएको हो ।
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयबाट प्रहरी सहायक निरीक्षक वसन्त शाहीको कमाण्डमा ६ जना विपद् उद्धारकर्मीहरूले आगो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । यो कार्यक्रम अन्तर्गत हालसम्म ५० भन्दा बढी विद्यालय, कलेज, होटल लगायत संघसस्थाहरुमा आगो नियन्त्रण सचेतना कार्यक्रम गरिएको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीले जनाएको छ।
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया