कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्छ : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने बताएका छन् ।
बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशन उद्घाटन गर्दै पोखरेलले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई नेकपा माओवादीका साथीहरूले स्वागत गर्नुपर्ने बताएका हुन् ।
‘कर्णालीका एमालेका नेताहरूले एक पटक हामीले नेतृत्व पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले स्वागत गर्नुपर्छ,’उनले भने, ‘यो कुरा कर्णालीका माओवादीका साथीहरूले अघि बढेरै भन्नुपर्छ, हामीले धेरै पटक नेतृत्व गर्यौँ, एक पटक तपाईँहरूको नेतृत्वमा अघि बढेर काम गरेको सिक्न चाहन्छौँ ।’
आफूले निरन्तरता पाउनुपर्ने भनेर माओवादी साथीहरू काठमाडौँ गएको कुरा सही नभएको भन्दै उनले नेतृत्वका लागि एमाले नेताहरूले पनि काठमाडौँ धाउन जरुरी नरहेको बताए ।
‘कर्णालीको नेतृत्वमा एमालेलाई साथ दिनुपर्ने कुरामा माओवादी साथीहरूले सोच्नुपर्छ,’ उनले भने, ‘नेतृत्वले यो विषयमा सोचिरहेको होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक