प्याट कमिन्सको नाममा लेखिएको यो कीर्तिमान
काठमाडौँ । इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा अस्ट्रेलियाका प्याट कमिन्स इतिहासकै सबैभन्दा दोस्रो महँगा खेलाडीको रूपमा देखा पर्नेछन् । १७औँ संस्करणका लागि दुबईमा गरिएको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा उनी सबैभन्दा दोस्रो महँगा खेलाडीको रूपमा बिक्री भएका थिए ।
कमिन्स आईपीएलको इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडीहरुको सूचीमा पर्न बनेका हुन् । कमिन्सलाई अक्सनमा सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो ।
त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी इङ्ल्याण्डका साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो । कमिन्सले उनकै कीर्तिमान तोडेका हुन् ।
तर कमिन्सको कीर्तिमान अर्का अस्ट्रेलियन खेलाडी मिचेल स्टार्कले तोडे । उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गर्यो ।
कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । कमिन्सको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि पनि जितिसकेको छ ।
उनले अस्ट्रेलियालाई एसेस शृङ्खला र टेस्ट च्याम्पियनसिपको उपाधि पनि जिताइसकेका छन् । कमिन्स टोलीका अलराउन्डर खेलाडी हुन् । उनले हालसम्म अस्ट्रेलियाका लागि ५० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
कमिन्सले टी–२० अन्तर्राष्ट्रियमा ५५ विकेट लिएका छन् भने एक सय १६ रन पनि बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३० वर्षीय यी खेलाडीले चार सय ३८ विकेट लिनुका साथै एक हजार सात सय १७ रन पनि बनाएका छन् ।
कमिन्सले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म आईपीएलको ४२ खेलमा तीन सय ७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनले सन् २०२१ मा कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले केवल १४ बलमा अर्धशतक बनाएका थिए ।
सन् २०२० मा भने कमिन्स १५ करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए । यसपटक अक्सनमा उनको नाम सेट–२ मा परेको थियो । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । यसअघि उनले मुम्बई र दिल्लीबाट पनि आईपीएल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
-
स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस
-
स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह