यादवले थाले ‘झिल्को’को छायाङ्कन

काठमाडौँ । यादव भट्टराईको निर्देशन रहने फिल्म ‘झिल्को’को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको शंखमुलबाट फिल्मको छायाङ्कन सुरु भएको हो । २५ दिनको नियमित छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले जानकारी दिए ।
केही अगाडि गुहेश्वरी मन्दिरमा स्क्रिप्त पूजा गर्दै फिल्मको शुभ–मुर्हूत गरिएको हो । भट्टराईको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘झोला’ र ‘भोर’ बनाएका थिए । सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले विषय बनाएको छ । एउटा राम्रो अर्थपूर्ण फिल्म निर्माणका लागि ‘झिल्को’ बनाउन लागेको भट्टराई बताउँछन् ।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, पवन मैनाली र आयुषी ढकाल लगायत कलाकारको अभिनय रहनेछ । रंगकर्मी सुनिलले १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो समय ‘आचार्य’ अभिनय गरेका थिए । फिल्म २०११ मा रिलिज भएको थियो ।
काठमाडौँमा विभिन्न स्थानमा छायाङ्कन हुने फिल्मको पटकथा तथा संवाद निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायाङ्कन रहने फिलममा चण्डीप्रसाद काफ्लेको सङ्गीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त