सोनिया, राहुल र प्रियंका गान्धीले लोकसभा चुनावमा आफ्नै पार्टीलाई भोट दिन नपाउने, यस्तो छ कारण
काठमाडौँ । भारतमा लोकसभा निर्वाचनको तयारी भइरहेको छ । विभिन्न दल यतिबेला उम्मेदवार चयनमा व्यस्त छन् । कतिपय स्थानमा उम्मेदवारको सूची जारी भइसकेको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा लोकसभाका ७ सिट छन्, जहाँ मे २५ मा मतदान हुनेछ । यसपटक दिल्लीमा कांग्रेस र आम आदमी पार्टी (आप) बिच तालमेल भएको छ ।
दिल्लीका ७ मध्ये आपले ४ सिटमा र कांग्रेसले तीन सिटमा उम्मेदवारी दिनेछ । कांग्रेस पार्टीको पूर्व अध्यक्ष तथा शीर्ष नेतृ सोनिया गान्धीसहित उनका छोरा राहुल गान्धी, छोरी प्रियंका गान्धी र ज्वाइँ रोबर्ट बाड्राले यस पटक कांग्रेसलाई मत दिन पाउने छैनन् ।
उनीहरू सबै नयाँ दिल्ली लोकसभा क्षेत्रका मतदाता हुन् तर सो क्षेत्रमा कांग्रेस–आप गठबन्धनबिचको सिट बाँडफाँटमा आपले उम्मेदवारी दिने समझदारी बनेको छ । त्यसैले उक्त सिटमा कांग्रेसले उम्मेदवारी दिने छैन । आफ्नो पार्टीको उम्मेदवार नै नहुने भएपछि उनीहरुले आफ्नो पार्टीलाई मतदान गर्न नपाउने भएका हुन् । सो क्षेत्रमा आम आदमी पार्टीले सोमनाथ भारतीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
कांग्रेस नेतृ सोनिया गान्धी निर्माण भवनस्थित मतदान केन्द्रबाट मतदान गर्छिन् भने राहुलले औरंगजेब लेनस्थित मतदान केन्द्रबाट मतदान गर्दछन् । यस्तै प्रियंका गान्धी र रोबर्ट बाड्रा भने लोधी स्टेट क्षेत्रबाट मतदान गर्दछन् । यी सबै क्षेत्र नयाँ दिल्ली लोकसभा सिट अन्तर्गत पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति