टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेका केही कीर्तिमान जो आईपीएलमा अझै बन्न सकेका छैनन्
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । टी–२० क्रिकेटको व्यावसायिक लिगमा निकै लोकप्रिय मानिएको आईपीएलले विश्वकै क्रिकेटप्रेमीको ध्यानाकर्षण गर्दछ ।
तर, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेका केही यस्ता कीर्तिमान छन्, जो आईपीएलको १६ औँ संस्करणसम्म आइपुग्दा पनि देख्न पाइएको छैन ।
३०० भन्दा बढी स्कोर (नेपाल)
आईपीएलमा सबैभन्दा ठुलो स्कोर सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले पुणे वारियर्सविरुद्ध बनाएको थियो । त्यतिबेला बेंग्लोरले ५ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
तर टी–२० अन्तर्राष्ट्रियमा योभन्दा बढी स्कोर तीन पटक बनिसकेको छ । टी–२० अन्तर्राष्ट्रियमा ३०० भन्दा बढी रन बनाउने कीर्तिमान नेपालको नाममा छ । नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध यो कीर्तिमान बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाएर कीर्तिमान कायम गरेको थियो ।
डबल ह्याट्रिक
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डबल ह्याट्रिक (एउटै बलरले लगातार चार बलमा चार विकेट) चार पटक बनिसकेको छ । तर आएपीएलको इतिहासमा अहिलेसम्म डबल ह्याट्रिक बन्न सकेको छैन ।
टी–२० अन्तर्राष्ट्रियमा श्रीलंकाका लसिथ मलिङ्गा (सन् २०१९), अफगानिस्तानका रशिद खान (सन् २०१९), आयरल्याण्डका कर्टिस क्याम्पर (सन् २०२१) र वेस्टइन्डिजका जेसन होल्डर (सन् २०२२) मा डबल ह्याट्रिक गरेका छन् । आईपीएलमा भने यस्तो कीर्तिमान अझै बन्न सकेको छैन ।
एक ओभरमा ६ छक्का
टी–२० अन्तर्राष्ट्रियमा एक ओभरमा ६ वटा छक्का प्रहार गर्ने कीर्तिमान दुई पटक बनिसकेको छ । तर आईपीएलमा अहिलेसम्म कुनै ब्याट्सम्यानले यो कीर्तिमान बनाउन सकेका छैनन् ।
टी–२० अन्तर्राष्ट्रियमा भारतका युवराज सिंह र वेस्टइन्डिजका कायरन पोलार्डले एक ओभर (लगातार ६ बल)मा ६ वटा छक्का प्रहार गरेका हुन् ।
यस अतिरिक्त कम बलमा अर्धशतक र ठुलो पार्टनरशिपमा पनि आईपीएलको तुलनामा टी–२० अन्तर्राष्ट्रिय नै अगाडि देखिएको छ ।
टी–२० अन्तर्राष्ट्रियमा नेपालका दीपेन्द्र सिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका छन् । तर आइपीएलमा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले यस्तो जादुमय प्रदर्शन गर्न सकेका छैनन् ।
भारतका युवराज सिंहले १२ बलमै अर्धशतक बनाएका थिए । तर आईपीएलमा राजस्थान रोयल्सका लागि यशस्वी जयसवालले १३ बलमा ५० रन बनाउँदै आईपीएलमा थोरै बलमा अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा राखेका छन् ।
आईपीएलमा रोयल च्यालेन्जर बेंग्लोरका लागि विराट कोहली र एबी डेभिलियर्सले सन् २०१६ मा २२९ रनको पार्टनरशिप गरेर कीर्तिमान बनाएका थिए । तर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने यो भन्दा बढी रनको पार्टनरशिप दुई पटक भइसकेको छ । सन् २०२४ कै फेब्रुअरीमा जापानका दुई ब्याट्सम्यानले २५८ रनको पार्टनरशिप गरेका छन् भने सन् २०१९ मा अफगानिस्तानका उस्मान गनी र हजरतुल्लाह जजइले आयरल्याण्डविरुद्ध २३६ रनको साझेदारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले घटायो भन्सार दर, सुन र चाँदीको मूल्य घट्ने
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन