आज बागमतीका किशोरीहरूलाई एचपीभी भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदै
![आज बागमतीका किशोरीहरूलाई एचपीभी भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदै](https://rpcdn.ratopati.com/media/albums/khop_line_19_s2LHOTOFrw.jpg)
काठमाडौँ । बागमती प्रदेशका तेह्र जिल्लाका किशोरीहरूलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो मात्रा दिइँदै छ । गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज दिन लागिएको हो ।
जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइनेछ । खोप सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइँदै छ । खोपको पहिलो मात्रा लिएकाले कार्ड लिएर दोस्रो मात्रा लिन तोकिएको अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।
एचपीभी एक प्रकारको जीवाणु हो जुन पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्त्व भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभी जीवाणुले गराउँछ ।
एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ ।
दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेस गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो । चैत्र ८ गते अर्थात् आज बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन