सङ्घीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना छैन : रामहरि खतिवडा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सभापति खतिवडाले विज्ञहरूसँग वृहत् छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे ।
सभापति खतिवडाले भने, ‘यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धी विधेयक अहिले फेरि संसदमा प्रस्तुत भएको छ । त्यसमा धेरै चरणहरू बाँकी छन् । यसमा हामी पनि सहमति छाँै कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु । म राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी त्यो देखेँ । सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौँ । संविधानमा त्यही उल्लेख गरिएको छ । सङ्घ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई सङ्घमा ल्याउने, नल्याउने । अघिनै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? यावत विषयहरू छन् । यी सबै विषयमा हामी अहिले लामो समय पछाडि आएकाले हतारमा निर्णय गरेर पछि पछुताउने अवस्थामा जान नपरोस् भन्ने मेरो व्यक्तिगत धारणा छ ।’
सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस