नेपाल बैंक लिमिटेड सिटी अफिसद्वारा वित्तीय साक्षरता

विराटनगर । नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरले मङ्गलबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
अन्तर्राष्ट्रिय संस्था आर्थिक सहकार्य तथा विकास सङ्गठन ‘ओईसीडी’ को युवा लक्षित कार्यक्रम अन्तर्गत ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।
‘ग्लोबल मनि विक-२०२४’ को १२ संस्करण अन्तर्गतको सो कार्यक्रम विराटनगरको ईडेनबर्ग ईन्टरनेशनल कलेजका बिबिए र बिपिएच का १०६ भन्दा बढी विद्यार्थीहरू लाभान्वित भए ।
हरेक वर्षको मार्चमा ६ देखि ११ सम्म कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रम युवा लक्षित रहेको र विश्वको १७६ देशहरू यस कार्यक्रममा सहभागी रहँदै आएका छन् । सो अवसरमा युवाहरूमा बैंकिङ बानीको बिकास, डिजिटल बैंकिङ, अर्थतन्त्र, क्युआर तथा नगदरहित बैंकिङको आवश्यकता र अर्थतन्त्रबिचको अन्तर सम्बन्धबारे बैंकका सहायक प्रबन्धक शिव श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा शाखाका उपप्रबन्धक निलम खरेल, रञ्जन ठाकुर तथा करिष्मा कोइराला लगायतका कर्मचारीसमेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन