महतलाई अर्थमन्त्री पुनको जवाफ– ‘पैसाको कमी होइन, खर्च गर्ने क्षमता बढाउन आवश्यक छ’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारको खर्च गर्ने क्षमतामाथि प्रश्न गरेका छन् । खर्च गर्ने पैसा दातृ निकायहरू स्रोत व्यवस्थापनका लागि तयार भए पनि नेपाल आफैँले खर्च गर्न नसकेर कमजोर बनेको उनले बताए ।
बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सांसदहरुले राखेको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पुनले अहिले पनि दातृ निकायहरूले दिने रकम ५ खर्ब माथि रहेको बताउँदै नेपालले खर्च गर्ने क्षमता बढाउनुपर्ने बताए ।
सांसदमा बोल्दै निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशी दातृ निकाय तथा मुलुकहरूले ६ खर्ब माथिको लगानी प्रतिबद्धता गरे पनि ल्याउन नसकिएको भन्दै गठबन्धन सरकारले कसरी ल्याउन सक्छ हेरौँला भनेर जिज्ञासा राखेका थिए ।
डा.महतको सोही जिज्ञासामाथि जवाफ दिँदै अर्थमन्त्री पुनले भने, ‘लगानी ल्याउने होइन खर्च बढाउने हो । अहिले पनि दातृ निकायहरू लगानी दिन तयार छन् । तर हामीले खर्च बढाउनुपर्यो’ उनले भने ।
सोही अवसरमा अर्थमन्त्री पुनले बजेट बनाउँदा खर्च व्यहोर्ने राजस्वको स्रोत बढी राख्ने तर उपलब्धि कम हुने गरेकाले समस्या आइरहेको बताए ।
‘हामी बजेट बनाउँदा खर्चको स्रोत ४० प्रतिशत राजस्व वृद्धिका आधारमा बनाउँछौँ । तर, उपलब्धि १० प्रतिशत मात्रले राजस्व बढी रहेको छ । कहाँनिर कमजोरी भयो ? प्रश्न गर्दै अर्थमन्त्री पुनले हाम्रो बजेट बनाउने परिपाटी, विज्ञता र अनुभवले काम गर्न नसकेको बताए ।
वार्षिक राजस्व वृद्धिको स्थिति २०–२२ प्रतिशत भए पनि सरकार बढी महत्वकांक्षी भएर ४० बढीको लक्ष्य राख्दा समस्या आएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका पूर्व अर्थमन्त्रीका पालामा ३३ प्रतिशतले राजस्व वृद्धि भए पनि त्यसअघि र पछिका वर्षहरूमा २० प्रतिशतभन्दा बढी राजस्व वृद्धि भएको इतिहास नभएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल