४ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ आरुबारी डेरा गरी बस्ने भोजपुर लेखखर्क गाउँपालिका-९ घर भएका ६२ वर्षीय लाक्पा शेर्पा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ नंगी बस्ने ५२ वर्षीय बुक बहादुर सुनुवार पनि आफ्नै घर नजिकै रहेको करेसाबारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङको राप्ती गाउँपालिका-१ बगास्वतीस्थित राप्ती नदी किनारमा लमही नगरपालिका-३ बस्ने ६८ वर्षीया जोगा थापा क्षेत्री बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सप्तरीको कंचनरुप नगरपालिका-१२ स्थित धरमपुर सामुदायिक वनमा पनि ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा