खेलकुदमन्त्री र आइसीसी अध्यक्षबिच भेटवार्ता
बुधबार, ०७ चैत २०८०, १६ : ५०
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच बुधबार युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ ।
भेटघाटमा उनीहरुबीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले बताए।
मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए । अध्यक्ष बार्कले चारदिने नेपाल भ्रमणमा नेपाल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यो समय न्यायालयको आत्मसमर्पणको समय हो’
-
कुर्स्कमा रुस आफैँले हान्यो विद्यालयमा बम : राष्ट्रपति जेलेन्स्की
-
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधिसभामा दर्ता
-
विराटनगरबाट ३८ वटा मानव खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ