परराष्ट्रमन्त्रीद्वारा पूर्वराजदूतहरूसँग छलफल
बुधबार, ०७ चैत २०८०, १५ : ५९

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बुधवार पूर्वराजदूतहरूसँग छलफल गरेका छन्। उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि परराष्ट्र नीति लगायतको विषयमा सल्लाह लिनका लागि उनले आज यो छलफल राखेका हुन् ।
बदलिँदो परिस्थितिमा परराष्ट्र नीति कस्तो हुनुपर्छ, आगामी दिनमा परराष्ट्र मामिलालाई कसरी आगाडि बढाउने भन्ने लगायतका विषयमा मन्त्री श्रेष्ठले सल्लाह मागेका हुन् ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपाल एउटा देशको प्रभावमा पर्न नहुने र हरेक देशसँग समदुरी सम्बन्ध राख्नुपर्ने सुझाव दिए ।
अरू पूर्व राजदूतहरूले पनि भूराजनीति पेचिलो हुँदै गइरहेको भन्दै यस अवस्थामा नेपालले सचेतता पूर्वक कदम चाल्नु पर्ने सुझाव दिएका छन् । छलफल परराष्ट्र मन्त्रालयमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?