एचपीभी खोपको दोस्रो मात्रा लगाइँदै
बुधबार, ०७ चैत २०८०, १५ : ४६
_9fszKXk6aY.jpg)
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको दोस्रो मात्रा लगाउने भएको छ । पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीलाई गत भदौ महिनाको अन्तिम हप्तामा दिइएको थियो ।
सरकारले त्यसको ६ महिनापछि दोस्रो मात्रा लगाउन लागेको हो । यसअघि पहिलो मात्रा लिएका किशोरीले उक्त खोप कार्ड लिएर दोस्रो मात्रा लिन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल, काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्जस्थित भेरी अस्पताल, सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र डडेलधुरास्थित डडेलधुरा अस्पतालबाट सो खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै