शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांसदहरूले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्छौँ : अर्थमन्त्री

बुधबार, ०७ चैत २०८०, १५ : ३१
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् । 

बुधवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले सांसदहरूले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने बताए । 

 अर्थमन्त्री पुनले सरकारले लगानी अनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनः संरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने बताए । उनले सामूहिक प्रणालीका जग्गाको एकीकरण गरी बाँझो जमिनको प्रयोग र चाक्लाबन्दीमा कृषि फर्म स्थापना गरिने बताए । उनले जनताको तीव्र विकासको चाहाना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री पुनले सांसदहरूले उठाएका विषय प्रति सरकार संवेदनशील रहेको बताए । उने अर्थतन्त्रमा केही चुनौती देखा परेको भन्दै उत्पादनदेखि उपभोग सम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने बताए । उनले निजी क्षेत्र विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले भने, सांसदहरूले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउन चाहन्छु । लगानी अनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनः संरचना गर्ने र नयाँ मोडलका कार्यक्रम ल्याइने छ ।’

अर्थमन्त्री पुनले आगामी वर्षको बजेट १६ औँ योजनाको सोच अनुरुप पहिलो वर्षको प्रमुख कार्यान्वयन हुने वर्ष हुने उल्लेख गरे । उनले सुशासन,सामाजिक न्याय र समृद्धिको सोच सहित समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि ठोस आधार तयार हुने बताए । गुणस्तरी शिक्षा स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कामय गर्ने र प्रमुख रणनीतिक महत्वका आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ बजेट लक्षित हुने अर्थमन्त्री पुनको भनाई छ । अर्थमन्त्री पुनले स्रोत साधनको दक्षता पूर्ण सहयोग उत्पादन तथा रोजगारी वृद्धिमा निजी क्षेत्र र सरकारी क्षमताको प्रयोग गर्ने वातावरण निर्माण गरिने जानकारी दिए । 

उनले आगामी बजेट उत्पादन बढाउने र ठुलो मात्रामा  युवाहरू परिचालन गर्ने कार्यक्रम ल्याइने बताए । त्यसका लागि अहिले नै कार्यक्रम डिजाइन गर्ने काम सुरु भएको उनको भनाइ थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप